Tuesday, January 19

झापाको झिलझिलेमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

January 5, 2021 39

झापा, २१ पुष । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र-७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १-०२-०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनीसँगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१ की सलिना राई घाइते भएकी छन् । उनीहरु दुवैलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्