Saturday, April 17

भन्सार छली ल्याइएको गाडी र ६ लाखको कपडा बरामद

January 5, 2021 64

टीकापुर, २१ पुस । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ ।
भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो ।

भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो ।

भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताउनुभयो । बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिने छ’ शाहले भन्नुभयो,भन्सार छली ल्याउनेलाई बिगोबमोजिमको जरिवाना र सजायँसमेत हुन सक्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्