Tuesday, January 26

घरायसी विवादमा श्रीमतीको हत्या

January 5, 2021 33

इलाम- इलामको देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ ।

आज बिहान साढे ५ बजेतिर सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्