Sunday, April 11

कञ्चनपुर : खैरो हिरोइन र नगदसहित एक युवक पक्राउ

January 5, 2021 47

कञ्चनपुर, २१ पुस । कञ्चनपुरको बेलौरीबाट एक युवक खैरो हिरोईनसहित पक्राउ परेका छन् । सोमबार बेलौरी नगरपालिका- १० बस्ने बल बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरी र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरि गरि उनको साथबाट ६३ ग्राम खैरो हिरोईन र नगद ७८ हजार ४ सय ८० रुपैयाँ फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार खडकाले उनीमाथि खानतलासी गर्दा साथमा खैरो हिरोईनसहित पक्राउ गरिएको बताए । उनीमाथि लागु औषध ओसापोसार विरुद्धको मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्