Saturday, January 16

प्रतिनिधिसभाको पुर्नस्थापनको सपना नदेख्न प्रधानमन्त्री ओलीको दलका नेताहरुलाई आग्रह

January 3, 2021 11

काठमाडौं, १९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको चुनाव वैशाख महिनामा नै हुने दावी गर्नु भएको छ । उहाँले विघटित प्रतिनिधिसभा पुर्नस्थापना नहुने ठोकुवा पनि गर्नु भएको छ ।

अनेरास्ववियुले आइतबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताप्रति अडिग र लोकतन्त्रका लागि संघर्ष गरेको राष्ट्रपति जस्तो व्यक्तिलाई विवादमा ल्याउन खोज्नु दुःखद भएको बताउनुभयो ।

उहाँले सभामुखले अविश्वासको प्रस्ताव दर्ता भएको विषयमा बोलेको झुठले उहाँको निष्पक्षतामाथि प्रश्न उठेको पनि बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचनको तयारी अगाडि बढाइसेको भन्दै प्रधानमन्त्री ओलीले विद्यार्थी र कार्यकर्ताहरुलाई निर्वाचनका लागि तयार हुन पनि निर्देशन दिनुभयो । उहाँले वैशाखमा हुने निर्वाचन पछि नसर्ने प्रष्ट पार्दै निर्वाचनमा भाग लिन केही दलहरु डराईरहेको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिसभा पुर्नस्थापना नहुने दावी गर्दै संसद पुर्नस्थापनाको सपना नदेख्न पनि दलका नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्