Saturday, January 23

मड्रिड पेपरले गर्यो मेस्सीको २०२० को विश्लेषण

January 3, 2021 13

२०१९-२० सिजनलाई फर्केर हेर्ने हो भने मेस्सीले बार्सिलोनाका निम्ति ३१ गोल साथै २७ एस्सिस्ट गरेका थिए । यसको मतलब बार्सिलोना स्टार लिओनेल मेस्सीले ५८ गोलमा सिधा योगदान दिएका थिए । ६ पटकका बालोन डी’ओर विजेताले उक्त गोल योगदान मात्र ४४ बार्सिलोनाको खेल मार्फत प्रदान गरेका थिए । तर मेस्सीलाई स्तब्द तुल्यायो बार्सिलोनाको लज्जास्पद ८-२ को हारले जुन थियो अगष्टमा समापन च्याम्पियन लिग नक आउट खेल र त्यस खेल पश्चात कै केहि समयमा मेस्सी बारे अर्को थप बार्सिलोनालाई नै स्तब्द पार्ने खबर बाहिरियो, त्यो थियो मेस्सीको बार्सिलोना बहिर्गमन ।

लिओनेल मेस्सीले बार्सिलोना, क्याम नाउ छाड्ने आधिकारिक निर्णय बनाएका थिए । मेस्सी विभिन्न कारण र सर्तका कारण बार्सिलोनामा नै अल्झिए उक्त बहिर्गमनको खबर पश्चात प्रिमिएर लिग जायन्ट म्यानचेस्टर सिटी उनलाई क्लब अनुबन्ध गर्ने तरखरमा लागि पर्यो । बार्सिलोनालाई अदालतसम्म घिसार्नु पर्ने अवस्था पश्चात मेस्सीले उक्त आफ्नो निर्णय बहिष्कार गरेका थिए । समर मै मेस्सी र क्लब विचको सम्झौता सकिदै छ, उक्त सम्झौता ब्रेक पश्चात मेस्सीले क्लब छाड्न पाउने प्राबधान छ साथै उक्त तयारीमा समेत मेस्सी लागिपरेको देखिन्छ ।

क्लबमा फर्किनु पुर्ब मेस्सीले आफ्नो पूर्णता दिनेमा विश्वस्त रहन आग्रह गरेका थिए तर विश्व स्तरीय खेलाडीको पछिल्ला खेलबाट थप णिरास थपिदिएको छ ।१८ खेल खेलेर उनले १० गोल मात्र गरेका छन् । मेस्सीबाट थप गोल र स्तरको अपेक्षा बार्सिलोना समर्थकले गरेका थिए तर मेस्सी त्यहा समेत चुके । प्रमुख लगाबमा नफर्किए यस सिजन समेत बार्सिलोना ला लिगा ट्रफीबाट चुक्न सक्ने प्रबलता बढेको छ ।

२०२० ले बिट मारिसकेको छ भने स्पेनिस अनलाइन मार्काले विश्व विशिष्ट खेलाडीको सुची सार्वजनिक गरेको छ, बर्ष उत्कृष्ट १०० खेलाडीमा मार्काले सार्वजनिक गर्दा मेस्सी १० औ स्थानमा समेटिएका छन् ।

मेस्सीले पिचिची अवार्ड जित्नुको साथै सर्वाधिक धेरै एस्सिस्ट गर्न सफल भएका थिए तर मार्काले अन्य थप मेस्सी बारे विश्लेषण नगर्ने बतायो ।

खेल मैदान बाहिर नै मेस्सी छाहे तर खेल मैदानमा भने भिझ्ना सकेनन ।
मेस्सी अघि एर्लिंग हाल्याण्ड, मानुएल नयर, करिम बेन्जिमा, नेय्मर परेका छन् ।

मेस्सीका चिर प्रतिद्वन्दी मानिने युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो पाचौ स्थानमा परेका छन् । रोनाल्डो पुर्ब सर्जियो रामोस, एम्बापे र किमिच छन् भने शिर्ष स्थानमा रोबर्ट लेवनडस्की परेका छन् ।

प्रतिकृया दिनुहोस्