Saturday, November 28

पुजा गर्दा घ्यूको दियो भए वायातर्फ र तेलको दियो भए दायाँ तर्फ राख्नुहोस्, चम्किन्छ भाग्य

September 27, 2020 33

काठमाडौँ । हिन्दु संस्कारमा प्रत्येक दिन बिहान वेलुकी भगवानको पुजा आराधना गरिने गरिन्छ। पुजासँग जोडिएका केही यस्ता नियम छन् जुन थारै मानिसलाई मात्र थाहा हुन्छ।त्यसैले कयौँ पटक पुजाका क्रममा गल्तिहरु गर्दै जाने गर्दछौँ। ज्योतिष प्रविण द्धिवेदीका अनुसार हाम्रो धर्म ग्रन्थमा देवी, देवताको पुजासँग सम्बन्धीत निकै आवश्यक कुरा उल्लेख गरिएको छ।

आज हामी तपाईलाई पुजा गर्दा ध्यान दिनै पर्ने केही कुराका बारेमा जानकारी दिदै छौँ :

१) गंगाजल, तुलसीका पात, बेलपत्र र कमललाई कहिलै पनि बासी नराख्नुहोस्। त्यसैले यी चार कुराको प्रयोग पुजामा जुनसुकै समयमा गर्न सकिन्छ।२) शिवजीलाई केतकीको फूल, सूर्यदेवको अगस्त्य फूल नचढाउनुहोस् । त्यस्तै भगवान् श्रीगणेशलाई तुलसीको पात चढाउन वर्जित छ।३) जो व्यक्तिले ननुहाएर फूल वा तुसली भगवानलाई चढाउछ। उनसको पुजा देवताले ग्रहण नगर्ने धार्मीक विश्वास छ।

४) पुजामा शुद्ध घ्यूको दियो आफ्नो वायातर्फ र तेलको दियो आफ्नो दायाँ तर्फ राख्नु पर्दछ। दियो कहिलै निभ्नु हुँदैन्।५) भगवान शिवलाई पहेलो टिका र शंखको जल चढाउन हुँदैन्। शास्त्रका अनुसार यी दुबै कुरा शिव पुजामा वर्जित गरिएको छ।६) भगवान् विष्णुलाई पहेलो वस्त्र, माता दुर्गा, सूर्यदेव र श्रीगणेशलाई रातो बस्त्र, र शिव भगवानलाई सेतो बस्त्र अर्पित गर्नु पर्दछ।

प्रतिकृया दिनुहोस्