Saturday, November 28

चिनिया अतिक्रमणविरुद्ध ‘युवा नेपाल समिति प्रदेश-२’द्वारा जनकपुरधाममा बिरोध प्रदर्शन

September 25, 2020 108

धनुषा, ९ असोज । उत्तरको छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवा नेपाल समिति प्रदेश २ ले जनकपुरधाममा बिरोध प्रदर्शन गरेको छ । शुक्रबार (आज) चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चिनिया अतिक्रमणविरुद्ध युवा नेपाल समितिले बिरोध प्रदर्शन गरेको हो ।

युवाहरुको समूहले चिनिया अतिक्रमणबिरुद्ध निकालेको बिरोध -याली जनकपुरधामको रामानन्द चोकबाट सुरु भई जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

समितिको प्रदेश २ को अध्यक्ष मोहन सिंहको नेतृत्वमा निकालिएको बिरोध -यालीमा युवाहरुले ‘ब्याक अफ चाइना, चिनिया अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनिया सम्राज्य मूर्दावादलगायतका नारा लगाएका थिए ।

युवाहरुले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबिरुद्ध समेत नारा लगाएका थिए । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चिनिया अतिक्रमणबिरुद्ध नेपाल सरकारसमेत मौन रहेकाले चिनिया साम्राज्यवादबिरुद्ध आफूहरु बिरोध प्रदर्शन गर्न बाध्य हुनु परेको बताए ।

युवा गुड्ड पाण्डेले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए । उनले भारत र चीन दुवै तर्फबाट हुने नेपाली भूमिको अतिक्रमणबिरुद्ध आवाज उठाउन आफूहरु सदैव तयार रहेको बताए ।

अर्का युवा सुशील कर्णले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद भएको बताए । केही दिन अगाडि मात्रै नेपालको हुम्ला जिल्लास्थित ल्याप्चामा चीनले भवन निर्माण गरिरहेको समाचार बाहिरिएको थियो ।

यद्यपि नेपाल सरकारले नेपाली भूमिमा चीनको तर्फबाट अतिक्रमण नभएको परराष्ट्र मन्त्री ज्ञवालीले स्पष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस्