Saturday, November 28

पाल्पा पहिरो अपडेट : अहिलेसम्म चारको शव भेटियो, २ जनाको खोजी कार्य जारी

September 25, 2020 103

पाल्पा, ९ असोज । पाल्पाको रम्भा गाउँपालिका वडा नं.२ फोक्सिङकोटमा पहिरोले पुरिएर बेपत्ता भएका ६ मध्ये ४ को शव भेटिएको छ ।

शुक्रबार (आज) रम्भा गाउँपालिका–२ फोक्सिङकोटका १७ वर्षीया कृष्णमाया गाहा, १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो । १ जनाको शव भने हिजै भेटिएको थियो ।

बाँकी २ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बुधबार विहान गएको पहिरोमा ३ घर पुरिदा ६ जना वेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस्