Friday, November 27

चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन : परराष्ट्र मन्त्रालय

September 25, 2020 109

चीनले नेपाली भूमि अतिक्रमण गरेको सम्बन्धमा नेपाल सरकारले धारणा सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले नेपाली भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पार्नुभएको छ ।

केहिदिन अघि संचार माध्यमहरुमा हुम्लाको नाम्खा गाउँपालिका- ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको समाचारहरु प्रकाशित भएका थिए ।

नेपालका तर्फबाट धारणा सार्वजनिक गर्दै २०७३ मा पनि यस्तै खालको घटना भएको तर पछि सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतटोली पठाएर स्थलगत निरिक्षणर नापजाप गर्दा अतिक्रमण भएको भनिएको भूभाग दुई मुलुकको सीमाभन्दा एक किलोमिटर चीनतिरनै भएको बताउनुभयो ।

हाल निर्माण भएको भवनहरु पनि सोही स्थानमा भएको मन्त्री ज्ञावलीले स्पष्ट पार्नुभयो । चीनले नेपाली भूभाग मिचेकाे भन्दै काठमाडाैंमा प्रदर्शनसमेत भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्