Saturday, November 28

२५ लाखको चिट्ठा परेको छ भन्दै इमोबाट ठगि गर्ने २ जना पक्राउ

September 24, 2020 144

चितवन, ८ असाेज । सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ जना व्यक्ति मोरङबाट पक्राउ परेका छन् । इमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवन स्थित कालिका नगरपालिका ४ की ४४ बर्षीया महिलालाई ठगि गरेको सूचनाका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी सोही स्थानका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकरी दिएको छ ।

इलाका प्रहरी कार्यलय टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीका अनुसार पीडित ४४ बर्षीया सिता थपलिया २ लाख ८० हजार रकम ठगिएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पीडित महिलालाई चिट्ठा वातपको पैसा २५ लाख पाउने आशामा पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार रकम आइएमी मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयाे ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी रत्ननगर टाँडी ल्याई अदालतवाट पहिलो पटक ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिकृया दिनुहोस्