Saturday, December 5

मन्त्रिपरिषद् बैठक : एसिड छ्याप्नेलाई कारबाही गर्न अध्यादेश ल्याउने निर्णय

September 24, 2020 104

काठमाडौं, ८ असोज । सरकारले एसिड छ्याप्नेलाई कारबाही गर्ने कानून बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणका घटना बढ्दै गएपछि अध्यादेश ल्याउने निर्णय गरेको हो ।

जसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार पार्न कानूनमन्त्री तथा सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देश गरेको बताइएको छ । पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटनाहरु तीब्र रुपमा बढिरहेका छन् ।

संसदीय समिति तथा सरोकारवालाहरुले कडा भन्दा कडा कानून बनाएर एसिड छ्याप्नेहरुलाई कारबाही गर्न सुझाउदै आएका छन् । यसैबीच सरकारले सो सम्बन्धमा कानून बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्