Wednesday, December 2

स्याङ्जामा पहिराे : घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु, ४ बेपत्ता

September 24, 2020 180

स्याङ्जा, ८ असाेज । जिल्लाको वालिङ नगरपालिका वडा नं १४ मा पहिराेले घर पुरिँदा एकै घरपरिवारका ५ जनाको मृत्यु भएकाे छ । साे परिवारका अन्य ४ जना बेपत्ता रहेका छन् भने एक जना सकुशल उद्धार गरिएकाे छ ।

मृत्यु हुनेमा माया नेपाली, दीपक नेपाली, सनी नेपाली, उमाकाला नेपाली र विवश नेपाली रहेका छन् । जीवितै उद्धार गरिनेमा मनिषा नेपाली रहेकी छन् । उनको अवस्था सामान्य रहेको छ । उनकाे हाल वालिङस्थित ग्रहुँकालिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ ।
अन्य ४ जनाको खोजी कार्य भइरहेको छ । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ । स्थानीयहरूले समेत उद्धार तथा खाेजी कार्यमा सघाइरहेका छन्

स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घामा पनि पहिराेले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका- ४ बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियार रहेको स्थानीय नेकपाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्