Wednesday, December 2

झुक्याउँदै कोरोना : भारतमा परीक्षण गराउँदा नेगेटिभ नेपालमा भने पोजेटिभ

September 23, 2020 149

कञ्चनपुर, ६ असोज । भारतबाट कोरोनाको रिपोर्ट नेगेटिभ लिएर आएको श्रीमान श्रीमतीमा नेपालमा आएर परीक्षण गराउँदा भने कोरोना पोजेटिभ देखिएको छ । बेदकोट नगरपालिका १ का वडाध्यक्ष हरि गिरीले भारतबाट फर्किएका एक दम्पत्तिमा कोरोना देखिएको बताए । तर उनीहरुसगै आएकी बालिकामा कोरोना पोजेटिभ नदेखिएको पिनि उनले बताए ।पछिल्लोपटक असोज महिनाको पहिलो साता अथवा छ दिनको अवधिमा कञ्चनपुरका ११ जनामा कोराना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणबाट ११ जनामा कोरोना देखिएको हो । महाकाली नगरपालिका ६ दोधाराका एक २५ बर्षीय युवकमा कोरोना देखिएको छ । भारतीय सुरक्षाकर्मीमा कार्यरत दोधाराका ती युवकले भारतमापरीक्षण गर्दा नेगेटिभ र नेपालमा परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

महकाली नगरपालिका प्रवक्ता दिल बहादुर सिजालीले भारतबाट कोरोना नेगेभिट रिर्पोट सहित आएका युवकको परीक्षण गर्दा पोजेटिभ देखिएको बताए । ‘स्थित समान्य छ, ‘उनले भने, ‘ तर यो अच्चम भईरहेको छ ।’ पुनर्वास नगरपालिका क्षेत्रमा सो अवधिमा एक १० बर्षीया बालिक सहित चार जना युवामा कोरोना देखिएको छ । सबै भारतबाट घर फर्किएको पुनर्वास नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताए ।

‘बालिका सहित सबै जना भारतबाट आएका हुन, ‘धामीले भने, ‘भारतबाट फर्किएकाले उनीहरुको कोरोना परीक्षण गरेका थियौँ, पोजेभिट देखिएका सबैको स्वास्थय अवस्था सामान्य छ, आईसोलेट गरेका छौँ ।’ मंगलबार शुक्लाफाँटा नगरपालिका ८ र ११मा देखिएका एक महिलासहित दुई पुरुष तीनै जना भारतबाट आएका हुन् ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले तीनै जना भारतबाट आएको बताए । उनका अनुसार उनीहरु आईसोलेट भएका छन् । यद्धपि असार, साउन, भदौको तीन महिनाको तुलनामा असोज पहिलो साता कञ्चनपुरका कोरोना संक्रमितको संख्या घटेको छ ।

प्रतिकृया दिनुहोस्