Saturday, December 5

थप १६ संक्रमितको मृत्यु , नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुग्यो

September 21, 2020 96

काठमाडौं, ५ असोज । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् ।जसमा झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, चितवनका ५्र५ वर्षीय पुरुष र रुपन्देहीका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरका ८४ र ६२ वर्षीय २ पुरुष, काठमाडौंका ५ र ७३ वर्षीय २ पुरुष र दोलखाकी ५२ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

यस्तै बाँकेका ५० र ५९ वर्षीय २ पुरुष, ललितपुरकी ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, मकवानपुरकी १७ वर्षीया किशोरी र ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ४ सय २७ पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ०।७ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस्