Wednesday, May 19

विराटनगर विमानस्थलबाट पनि हवाइ उडान सुरु

September 21, 2020 138

विराटनगर, ५ असोज । विराटनगर विमानस्थलबाट पनि आजदेखि हवाइ उडान सुरु भएको छ।कोरोना भाइरसको महामारीको कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको हवाइ उडान आज सोमबारबाट सुरु भएको हो। उडान सुरु भएको पहिलो दिनमा नै विराटनगर विमानस्थलको व्यवस्थापनमा स्वास्थ्य सतर्कता नअपनाइएको यात्रुहरुले गुनासो गरेका छन् ।कोरोना संक्रमण फैलिन नदिन सरकारले हवाई उडानका लागि छुट्टै मापदण्ड बनाएको छ । तर विराटनगर विमानस्थलले भने कुनै पनि मापदण्ड लागू नगरेको जनाइएको छ । विमानस्थलमा अन्य बेला जस्तै भिडभाड देखिएको छ । यहाँ प्रवेश गर्ने यात्रुहरुको तापक्रम नापिएको छैन भने भौतिक दुरी पनि कायम गरिएको छैन ।उडान कार्यालयले पर्याप्त कर्मचारी र स्वास्थ्यकर्मीहरु परिचालन नगरिएका कारण विराटनगर विमानस्थल प्रवेश गर्नेको टिकट चेक गर्नेदेखि मास्क चेक गर्न र तापक्रम नाप्न प्रहरी नै खटिनु परेको छ । जयसले गर्दा यात्रु व्यवस्थापन अनियन्त्रित बनेको छ ।

विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले आफूहरुले सरकारले तोकेको मापदण्ड कार्यान्वयन गर्न यात्रुहरुलाई आग्रह मात्र गर्न सक्ने बताउनु भयो । उहाँले स्वाथ्य सम्बन्धी मापदण्ड पूरा गरेको बताउनुभएको छ।

विराटनगरबाट पहिलो दिन बुद्ध एयरको ३ वटा र यति एयरको २ वटा हवाई उडानबाट करिब ३ सय ५० जना यात्रुहरु काठमाडौं गएका छन् । यसैगरी विराटनगरबाट तुम्लिङटारका लागि बुद्ध एयरले एउटा उडान गरेको छ ।

प्रतिकृया दिनुहोस्