Wednesday, November 25

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने

August 1, 2020 103

काठमाडौं – कोरोनाका कारण पछाडि धकेलिँदै आएको फिल्म ‘दिमाग खराब’ अन्ततः नबन्ने भएको छ । फिल्मको कथा एक भारतीय फिल्मसँग मिल्ने भएपछि फिल्म नै नबन्ने भएको हो ।

सिमोस सुनुवारले निर्देशन गर्ने भनिएको यो फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले शीर्ष भूमिकामा अभिनय गर्ने फाइनल भइसकेको थियो । फिल्मका लागि निश्चल र स्वस्तिमा पनि उत्साहित थए ।

भारतीय फिल्म ‘मोतीचुर चकनाचुर’ को कथासँग ‘दिमाग खराब’ को कथानक मिलेपछि फिल्म स्क्रिप्टमै थन्किने भएको हो ।

यसअघि निश्चल र स्वस्तिमाको शीर्ष भूमिका रहेको फिल्म ‘घामड शेरे’ रिलिज भइसकेको छ । गतवर्ष रिलिज भएको उक्त फिल्मले व्यावसायिक सफलता भने हात पार्न सकेन ।

प्रतिकृया दिनुहोस्