Wednesday, November 25

पाल्पामा जनप्रतिनिधिसहित २८ जना कोरोना सङक्रमित थपिए

September 10, 2020 65

पाल्पा, २५ भदाै । पाल्पामा एकै दिन २८ जनामा कोरोना संक्रमत थपिएका छन् । उनीहरू मध्ये १९ जना तानसेन बजार क्षेत्रका हुन् भने अन्य रम्भा गाउँपालिकाका ९ जनारहेका छन् ।

यस्तै तानसेनका हस्पिटलहरूबाट स्वाव लिइएका ३ जना बिरामीमा पनि कोरोना देखिएको छ । उनीहरू तानसेन, रम्भा र रिब्दीकोटका हुन् । तानसेनका सङक्रमितहरू मध्येका ९ जनाको ट्राभल हिस्ट्री छ भने बाँकी ८ जना ट्राभल हिस्टी छैन ।

तानसेनको वडा नं १ का २ जना, वडा नं. २ को १ जना, वडा नं. ६ को १ जना, वडा नं. ७ को ३ जना, वडा नं. ८ को २ जना, वडा नं. ९ को १ जना, वडा नं. १० को ४ जना, वडा नं. ११ को १ जना र वडा नं. १२ को २ जना सङक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । जसमध्ये एक जना वडा नं. ८ को कोरोनाबाट मृत्यु भएकी महिलाको श्रीमान् समेत रहेका छन् ।

रम्भाको वडा न. ३, ४ र ५ का पुरूषहरूमा कोरोना सङक्रमण देखिएको हो । तानसेनमा सङक्रमित हुनेहरूमा १४ पुरूष र ३ महिला रहेका छन् । हस्पिटलबाट लिएको स्वावमा कोरोना पोजेटिभ देखिनेमा एक महिला र एक पुरूष रहेका छन् । यी मध्ये ४ जना वडा अध्यक्ष र वडा सदस्यहरू रहेका छन् ।

तानसेन नगरभित्रका पुष्टि भएकाहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

बुधबार बिहान दुई जना तानसेन ८ मा एक जना र पूर्बखोला गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । विहिबार थपिएका २८ जनासंगै पाल्पामा संक्रमितको संख्या ६ सय ४० पुगेको छ । कोरोना संक्रमणबाट पाल्पामा अहिले सम्म दुई जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्