Wednesday, December 2

उर्जामन्त्रीले कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने !

September 10, 2020 86

काठमाडौं, २४ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने भएको छ । विहीबारको मन्त्रिपरिषदमा ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव पेश गर्न लागेका हुन् ।

जानकारी अनुसार उर्जामन्त्री पुनले विहीबार घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजानुहुने र यो विषयमा सम्भवत् विहीबार नै निर्णय हुनेछ । त्यस्तै, कुलमानको म्याद थपका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिरहनुभएको बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएका घिसिङको म्याद यही भदौ २९ गते सकिदैछ । घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो ।

साथै, उनले चार वर्षमा उल्लेख्य मात्रामा विद्युत चुहावटमा कमी ल्याउन सफल भएका छन्, भने घाटामा रहेको विद्युत प्राधिकरणलाई हाल अर्बौंको नाफा दिएका छन् । यसपटक कुलमानको म्याद दुई वर्ष थपिने सम्भावना रहेको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्