Wednesday, December 2

चन्द्रमामा चलाउन मिल्ने कार बनाउँदै जापानी कम्पनी टोयोटा

August 1, 2020 64

चन्द्रमामा बस्ती बसाल्ने समाचारहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । चन्द्रमामा पानीका श्रोत र मानवबस्तीको लागि विभिन्न समयमा वैज्ञानिकहरुले अध्ययन पनि गरिरहेका छन् ।

यसबैबीचमा एक कार कम्पनीले भने चन्द्रमामा चलाउन मिल्ने कार बनाउ प्रकृया अघि बढाएको जनाएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले चन्द्रमामा समेत पुग्ने तयारी गरेको छ । टोयोटाले चन्द्रमामा जान सेल्फ ड्राइभिङ कार निर्माण प्रक्रिया अघि बढाएको छ 

टोयोटाले उक्त कारको नाम जक्सा लुनार रोभर राखेको छ । यो कारमा ६ वटा पांग्रा छन् र यसमा २ व्यक्ति आरामका साथ बसेर १० हजार किलोमिटरको यात्रा तय गर्न सक्छन् ।

टोयोटाले यो कार एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीका लागि तयार गरिरहेको छ । यो कारलाई सन् २०२९ मा चन्द्रमामा लाने योजना छ । टोयोटाको यो कार ६ मिटर लामो हुनेछ । जक्सा लुनार रोभर ब्याट्रीबाट चल्नेछ भने सौर्य ऊर्जाबाट चार्ज हुनेछ ।

प्रतिकृया दिनुहोस्