Saturday, November 28

कोरोनाबाट पाठ सिकेर अर्को महामारीको सामना गर्न तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ

September 8, 2020 108

एजेन्सी, २३ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले विश्वलाई पाठ सिकाएको बताएको छ ।
सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।

महानिर्देशक टेड्रोसले उक्त बैठकमा अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताए। उनले कोरोना महामारी मात्र अन्तिम महामारी नभएको भन्दै अरु महामारीको लागि विश्व तयार रहनुपर्ने जनाए ।

प्रतिकृया दिनुहोस्