Thursday, December 3

उपत्यकाकाे निषेधाज्ञाबारे तीनै जिल्लाका सीडीओ भर्चुअल छलफलमा

September 8, 2020 108

काठमाडौँ, २३ भदाै । काठमाडाैँ उपत्यकाकाे निषेधाज्ञाबारे समीक्षा गर्न र नयाँ निर्णय लिनका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू छलफल तथा परामर्शमा जुटेका छन् ।

जारी निषेधाज्ञा भाेलि बुधबार मध्यराति सकिनेछ । त्यसअघि नै आज सीडीओहरूसहित अधिकारीहरूले भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् । आज बिस्तृत समीक्षात्मक बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयाे ।

उहाँले उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिने जनाउनुभयाे । समीक्षात्मक छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्ने र गृह मन्त्रालयमा प्रस्ताव लैजाने जनाइएकाे छ ।

पछिल्लाे समय निषेधाज्ञाका कारण जनजीवन कष्टकर हुँदै गएकाे भन्दै सर्वसाधारण तथा उद्याेगी व्यवसायीबाट समेत गुनासाे बढ्न थालेकाे छ । तर काेराेना संक्रमणका घटना न्यून हुनुकाे साटाे बढ्दै जान थालेपछि अब कसरी अघि बढ्ने भन्ने चुनाैती छ ।

प्रतिकृया दिनुहोस्