Tuesday, December 1

मलेसियामा एक नेपाली युवकलाई मृत्यदण्डको फैसला, जस्ले नेपालीकै ह’त्या गरेका थिए

September 7, 2020 269

काठमाडौं, २२ भदौ । मलेसियमामा ज्यान मारेको अभियोग खेपिरहेका एक नेपाली युवकलाई त्यहाँको एक उच्च अदालतले मृ’त्युदण्डको फैसला गरेको छ ।

४ बर्षअघि एक नेपाली नागरिककै ज्यान मारेको अभियोग लागेका ३६ वर्षीय सुरजदेव शाहलाई दोसी ठहर गर्दै उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले मृ’त्युदण्डको फैसला सुनाएका हुन् ।

शाहलाई लेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत मृत्युदण्ड सुनाइएको बताइएको छ । शाहले २०१६, डिसेम्वर २ को बिहान १ः३० देखि ४ बजेर ५ मिनेटको समयमा एक ३४ वर्षीय नेपाली नागरिकको ज्यान लिएका थिए । जो लरीका चालक रहेको बताइएको छ । उनको नाम हरिथास रहेको थियो ।

प्रतिकृया दिनुहोस्