Wednesday, December 2

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको मृगाैला झिकिन्छ भन्दै भ्रम फैलाउने लिम्बू पक्राउ

September 7, 2020 140

काठमाडौँ, २२ भदाै । काेराेना भाइरसका कारण ज्यान गुमाएका मानिसकाे मृगाैला लगायत अन्य अंक झिकिन्छ भन्दै भ्रम फैलाउने एकजनालाइ प्रहरीले पक्राउ गरेकाे छ । प्रकाउ पर्नेमा सुवास सुब्बा लिम्बू रहेकाे प्रहरीले जनाएकाे छ । उनी आफूलाई आयुर्वेदिक चिकित्सक रहेकाे दाबी गर्दै विभिन्न व्यक्तिलाइ ठग्ने गरेकाे समेत खुलेकाे छ ।

लिम्बूले युट्युब च्यानलहरूमा कोरोना भाइरसबाट मरेका मान्छेकाे मृगाैला झिक्ने गरिन्छ भन्दै अफवाह फैलाएकाे आरोपमा महानगरीय प्रहरीअन्तरगत अपराध महाशाखाकाे टाेलीले पक्राउ गरेकाे हाे । महाशाखाका अनुसार उनले ललितपुरको दाेलाहिटी अन्तिम विकल्प नामक निजी क्लिनिक चलाउँदै अाएका थिए । क्लिनिकबाटै लिम्बूलाइ साेमबार पक्राउ गरिएको हाे ।

आयुर्वेदिक चिकित्साबाट क्यान्सर, एड्सजस्ता राेग मात्र नभएर काेराेना समेत निकाे पार्ने भन्दै लिम्बूले मानिसहरूमा भ्रम फैलाउने र ठग्ने काम गर्दै अाएकाे प्रहरीकाे भनाइ छ । पछिल्लाे समय नउले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी लगायत माथि मृतककाे अंग झिक्ने गरेकाे भन्नेजस्ता गम्भीर आरोप लगाउँदै आएका थिए ।

पक्राउ परेका लिम्बूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएकाे महाशाखाले जनाएकाे छ

प्रतिकृया दिनुहोस्