Saturday, December 5

मन्त्रीबाट राजिनामा नदिदैँ प्रधानमन्त्रीका प्रिय खतिवडालाई बम्पर उपहार !

September 7, 2020 229

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले युवराज खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाउन लागेका छन् । ओलीले आजबाट अर्थमन्त्री र सञ्चारमन्त्रीबाट राजिनामा दिन लागेका खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेका हुन् ।

राष्ट्रियसभा सदस्यको लागि नेकपाले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय भएसँगै अहिले जारी मन्त्रिपरिषद बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्दै छ ।

अर्थमन्त्री खतिवडाले राजीनामा दिदै गर्दा आर्थिक सल्लाहकारमा नियुक्तिको सम्भावना रहेकोबारे पनि चर्चा हुन थालेको छ । अर्थमन्त्रालय आफैसँग राखेर खतिवडामार्फत चलाउने प्रधानमन्त्री ओलीको तयारी रहेको श्रोतले बतायो ।

गौतमको नाम सिफारिश भएसँगै खतिवडा मन्त्रीबाट विदा हुनेछन् । तर, प्रधानमन्त्री ओलीले उनलाई आफ्नो सल्लाहकार बनाएर सबै मन्त्रालयको अगुमन गर्ने अधिकारसहितको जिम्मेवारी दिने तयारी गरेका छन् ।

खतिवडा ‘डि-फ्याक्टो पिएम’को रुपमा पूनः सिंहदरबार फर्किनेबारे अहिले गाँईगुँई चलेको छ।

यसैबीच यता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए । ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन’ उनले मन्त्रीहरुलाई भनेका छन्, ‘ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ ।

सचिवालयले बिहीबार राष्ट्रियसभामा बामदेव गौतमलाई लग्ने निर्णय गरेपछि अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडा आज साँझ ४ बजे राजीनामा दिदैँछन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ ।

त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । मन्त्री फेरिने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले नै यस्तो निर्देशन दिएपछि र प्रष्ट पारेपछि मन्त्रीहरु पनि खुसी।हुने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस्