Wednesday, November 25

भ्रष्टाचारविरुद्धका अभियन्ता प्रेम सञ्जेल कर्मचारीबाट कुटिए

August 1, 2020 126

१७ साउन, विराटनगर ।
भ्रष्टाचारविरुद्धका अभियन्ता श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलमाथि कुटपिट भएको छ ।

शनिबार कार्यालय परिसरभित्रै कार्यालयकै कर्मचारीहरुले सञ्जेलमाथि हातपात गरेका हुन् । स्रोतका अनुसार सञ्जेलले कर्मचारीलाई केही कामका लागि निर्देशन दिएका थिए । तर सो काम नगर्ने भन्दै कर्मचारी र उनीबीच विवाद भएको थियो ।विवादकै बीच कर्मचारीहरुले उनीमाथि कुटपिट गरिएको बताइएको छ । हाल दुवै पक्ष जिल्ला प्रहरी कार्यालय मोरंगमा पुगेका छन् । दुवैबीच वार्ताको प्रयास भइरहेको मोरङ प्रहरीले बताएको छ ।

यसअघिपनि सञ्जेलले कर्मचारीको मानमर्दन गर्ने गरेको भन्दै केही कर्मचारीहरुले उनीविरुद्ध असन्तुष्टि जनाउदै आएका थिए ।

प्रतिकृया दिनुहोस्