Saturday, November 28

मान्छे मा’रेँ भन्दै मध्यरातमा प्रहरी कार्यालय पुगे राजु, झो’लामा मा’न्छेको टा’उको देखेर प्रहरीको उड्यो होस

September 6, 2020 196

काठमाडौ । धादिङमा एउटा सामान्य विषयमा विवाद हुँदा युवकले वृद्धको ज्यान लिएर उनको टा’उको झो’लामा बो’केर प्रहरीकहाँ आत्मसमर्पण गर्न पुगेका छन् । बिहीबार राति १० बजेतिर भएको सामान्य विवाद पछि युवकले वृद्धको ज्यान लिएका हुन् । धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा भएको यो घटनाको प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।

देह त्याग गरेका एक जना ब्यक्तिको १३ दिनको संस्कारमा सहभागी भएर फर्कीएका ६४ वर्षीय सोमबहादुर गुरुङको ज्यान लिएर २३ वर्षीय राजु परियार प्रहरी कार्यालय पुगेका हुन् । उनीहरुबीच सामान्य विषयमा विवाद भएको थियो । रातिमा वाटोमा हिडिरहेका परिचित ब्यक्तिलाई देखेपछि राजुले कहाँवाट आउनुभएको हो बाबै ? भनेर प्रश्न गरे । तर वृद्धले जिस्किएर तिम्रो श्रीमती भेट्न जान लागेको भनेर भनेपछि उनीहरुबीचमा विवाद सुरु भएको थियो ।

यस्ता वृद्ध अवस्थाका ब्यक्तिले पनि आ’प’त्तीजनक शब्द बोलेको भन्दै राजु सोमबहादुरमाथि जाइलागेका थिए । त्यत्तिकैमा सोमवहादुरले उल्टै राजुलाई आ’क्र’मण गरे । युवक फु’त्केर नजिकैको घरमा गएर खु’र्पा ल्याएर वृद्धको ग’र्द’न छि’ना/ए । त्यसपछि उनी वृद्धको टा’उको झो’ला/मा राखेर डेढ घण्टा पैदल हिँडेर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

राति १ वजे उनले आफुले वृद्धको ज्यान लिएर आएको हुँ भन्दै जाँदा प्रहरीले पनि विश्वास गरेनन् । तर उनले बोकेको झोला खोलेर हेर्दा मानिसको टा’उ/को देखेपछि भने प्रहरीको पनि होस उडेको थियो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र पोस्टमार्टमका लागि शव धादिङवेशी ल्याउने तयारी भइरहेको घटनास्थल पुगेका प्रहरी निरीक्षक सरोज राईले बताए ।

प्रतिकृया दिनुहोस्