Sunday, December 6

कोरोनाबाट निको हुनेको संख्या उत्साहजनक, एकैदिन १ हजार ५ सय ६६ जनाद्वारा स्वास्थ्यलाभ

September 5, 2020 136

काठमाडौं, २० भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर हजार सय जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ सय ६६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २७ हजार १ सय २७ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ६० प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ८ सय ७० रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५ सय ६१ रहेको छ ।

होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ४ छ भने संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार ८ सय ६६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ७ लाख ५९ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्