Saturday, November 28

त्यस्तो म’रण जहाँ न आफन्त हुन्छन् न त म’लामी ।

September 5, 2020 132

काठमाडौँ । कोरोना संक्रमितको श’व व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर ग’णमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टो’लीसहित ब्या’रेकबाट भरतपुर अस्पतालतर्फ लागे। श’व नदेख्दासम्म उनमा अलिअलि ड’र थियो। अस्पतालको को’भिड आईसीयूको ढोकामा पुगेर श’व नियाले। जब श’वनजिक पुगे तब ड’र र त्रा’स हरायो। कतै केही भइहाल्छ कि भन्ने ड’रलाई जि’म्मेवारीले जित्यो। नि’र्धक्कसाथ उनले श’वलाई प्लास्टिकले बेरेर बाहिर निकाले। त्यसपछि तोकिएको स्थानमा श’व व्यवस्थापन गर्न ल’गे। श’वलाई अ’न्तिम स’लामी दिई गा’डेर फर्किए।

लमजुङ बेसीसहरका ३८ वर्षीय गुरुङले सेनामा रहेर देशको सेवा गरेको १८ वर्ष भयो। उनी पाँचवटा शव व्यवस्थापनामा सहभागी भइसकेका छन्। ‘आफन्तले स’दगद गर्न पाउँदैनन्, त्यति बेला मै आफन्त रहेछु भन्ने सोचाइ हुन्छ’, उनी भन्छन्, ‘दु’खद घ’टना भए पनि यस्तो महामारीमा जिम्मेवारी व’हन गर्न पाउँदा गर्व महसुस भयो।’ संक्रमितका आफन्त पनि उनीहरू नै हुन्, मलामी पनि। जब श’वलाई व्यवस्थापन गर्न जान्छन् त्यति बेला उनीहरू भावुक हुन्छन। मानिसको त्यस्तो म’रण जहाँ न आफन्त हुन्छन् न त म’लामी । भरतपुर ब्या’रेकमा कति खेर खबर आउला भनेर श’व व्यवस्थापनको टो’ली तयारी अवस्थामा रहन्छ। अन्नपूर्ण पोस्ट्

प्रतिकृया दिनुहोस्