Friday, November 27

भोलि बिहान ४ बजेदेखि उपत्यकामा कर्फ्यू सुरु

September 3, 2020 300

काठमाडौं– भोलि बिहान ४ बजेदेखि सुरु हुने गरि उपत्यकाको ललितपुरमा कफ्यर््ु आदेश जारी गरिएको छ ।रातो मछिन्द्रनाथको रथ तान्न निक्लिएको भीड र प्रहरीबीच बिहीबार झडप भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू लगाइने भएको हो ।

बिहीबार बेलुका बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताए। बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ।बिहीबार रथ तान्नेक्रममा झडप हुँदा सुरक्षाकर्मी, पत्रकार र बटुवा घाइते भएका थिए। सो प्रकरणमा प्रहरीले ९ जनालाई पक्राउसमेत गरेको छ।

उडान र लकडाउन खोल्न निर्णय हुँदै, अब सजिलै काठमाडौं छिर्न सकिने

काठमाडौं । काठमाडौं छिर्ने प्रकृया खुकुलो बनेको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आज बसेको बैठकले काठमाडौं उपत्यका छिर्न पहिला भन्दा खुकुलाे नयाँ निर्णय गरेको हो ।

अब, अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिइने भएको हो । यसअघि अत्यावश्यक काम बाहेक उपत्यका छिर्न नमिल्ने स्थिती रहेको थियो ।

आज बसेको सीसीएमसीको बैठकले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

त्यस्तै आज आज बस्ने मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा समेत निर्णय गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले न्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय हुनसक्ने बताएका हुन् ।

सीसीएमसीको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । यसबाट आन्तरिक उडान खुला हुन सक्ने सम्भावना देखिएको हो ।विमानस्थलका कर्मचारीहरुको सुरक्षाका विषयमा समेत बैठकमा निर्णय भएको

प्रतिकृया दिनुहोस्