Wednesday, December 2

चकलेट दिएर ९ वर्षीया बालिका बलत्कार गरेकाे आरोपमा भूपू भारतीय सैनिक पक्राउ

August 31, 2020 252

पोखरा, १५ भदाै । ९ वर्षीया बालिका बलत्कार गरेको आरोपमा ५५ वर्षीय एक जना पुरुषलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा १० बस्ने बालिकालाई स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका स्थायी घर भई पोखरा १० मै बस्ने रेश बहादुर गुरुङ्गले पटक पटक बलत्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गुरुङ्गले सो बालिकालाई ललाइ फकाई गरेर चकलेट तथा खानेकुरा दिने र त्यसको फाइदा उठाउँदै उनलाई बलत्कार तथा शारिरिक शोषण गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपि शुवास हमालले जानकारी दिनुभयाे ।

सो बालिकालाई गुरुङ्गले पटक पटक शारिरिक शोषण गर्ने गरेको र अन्तिम पटक भदौ ९ गते आफ्नै घरमा बोलाएर चकलेट दिएर बलत्कार गरेको पीडित बालिकाकी फुपुले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेको हमालले बताउनुभयाे ।

गुरुङ्गले बलत्कार गरेर स्याङ्गजा भागेको थिए तर जिल्ला प्रहरी कार्यालय कास्कीको टोलिले गुरुङ्गलाई स्याङ्गजाबाट पक्राउ गर्न सफल भएको छ । बलात्कृत बालिकाका आमा-बाबा विदेशमा रहेको र उनी आफन्तको घरमा बस्दै आएकी थिइन । हाल बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

यता बलत्कारका आरोपित गुरुङ्ग भारतिय भुपु आर्मी भएको खुल्न आएको भएता पनि अन्य विवरण लिन बाँकी रहेको प्रहरीले
बताएको छ । ‘प्रयास मात्र होइन बलत्कार नै भएको हो भन्ने तर्फ घटना बुभ्न आएको छ, तर अन्य विवरण खुलिसकेको छैन,’ डिएसपि हमालले भन्नुभयाे ।

आरोपि गुरुङ्गलाई जबरजस्ती करणीमा मुद्धा चलाइने डिएसपि हमालले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस्