Saturday, November 28

कोरोनाका नाममा लगाइएको प्रतिबन्धको विरोधमा हजारौं मानिस माक्स खोलेर सडकमा, ३ सय बढी प्रदर्शनकारी पक्राउ

August 30, 2020 755

लागि विश्वका धेरै मुलुकमा आवागमनमा प्रतिबन्ध लगाइएको छ । लामो समय देखिको लकडाउनले नागरिक भोकै हुनुपर्ने अवस्था आउन लागेको छ । अर्थतन्त्रमा निकै ठूलो गिरावट आएको छ । अब सरकारी प्रतिबन्धका विरुद्ध सर्वसाधारण विरोधमा उत्रन थालेका छन । जर्मनीमा हजारौ मानिस सडकमा उत्रिएका छन् ।

कोरोना रोकथामका नाममा सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै जर्मनीको राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएको बीबीसीले जनाएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रदर्शनकारीहरुले सरकारले लगाएको प्रतिबन्धहरु खारेज हुनुपर्ने माग गरेका छन् । कोरोना महामारी बढिरहेका बेला प्रदर्शन भएपछि प्रहरीले त्यसलाई रोक्ने प्रयत्न गरेको थियो । सो क्रममा झ’ड’पसमेत भएको छ ।

झ’ड’पमा प्रहरीले ३ सयभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । जर्मन अखबार डाएचे वेलेका अनुसार विरोध प्रदर्शनमा भएका झ’ड’पमा केही प्रहरी घाइते पनि भएका छन् ।

सुरूवाती चरणमा कोरोना भाइरसको नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो बनाइएलगत्तै कोरोना फैलिन थालेपछि जर्मनीमा फेरि कडाइ गरिएपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् ।

युरोपमा कोरोना भाइरसले प्रभावित देशहरूको सूचिमा छैठौँ स्थानमा रहेको जर्मनीमा आइतबार यो समाचार तयार पार्दासम्म २ लाख ४२ हजार ८२४ जना संक्रमित भएका छन् । अहिलेसम्त त्यहाँ ९ हजार ३६३ जनाको निधन भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार धेरै देशले कोरोना फैलन नदिन लकडाउनलाई अवलम्बन गर्दै आएका छन् । नेपालमा पनि चैत १० गते देखि सुरु भएको लकडाउनको अन्त्य भएपनि अधिकांश सहरमा फेरी निषेधाज्ञा लगाइएको छ ।

प्रतिकृया दिनुहोस्