Saturday, November 28

पाल्पामा एक कारोना संक्रमितको मृत्यु

August 28, 2020 93

पाल्पा, १२ भादाै । पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत कारोना संक्रमित विरामीको मृत्यु भएको छ । तानसेन ८ मदनपोखरा, पीपलडाँडा निवासी ३० बर्षिय महिलाको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार भैइरहेको थियो ।

महिलामा मुटु सम्बन्धि समस्या पहिलै देखि रहेको थियो । उहाँ मुटुको उपचारको लागि अस्पताल आउँदा कोरोनाको लक्षण समेत देखिएकाले उपचारको क्रममा कलेजले स्वाव संकलन गरेको थियो । महिलालाई मेडिकल कलेजको आइसोलेशनमा राखेर उपचार भैरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र आज साँझ निधन भएको मेडिकल कलेजले जानकारी दिएको छ ।

महिलाको निधन पछि सब व्यवस्थापनको लागि जिल्ला सिसिएमसी सँग समन्वय भएको अस्पतालले जानकारी दिएको छ । यस अघि कोरोनाको कारण पाल्पा पूर्वखोलाका एक पुरुषको निधन भएको थियो ।

पाल्पामा अहिलेसम्म कुल ५ सय ७३ जनालाइ कोरोना पोजेटिभ देखिएकोमा ५ सय ६१ जना निको भएर घर फर्किएका छन भने १० जनाले उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ नयौपानेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्