काठमाडौँ, १२ भदौ । निषेधाज्ञाका बेला कामै नपरी सडकमा लखरलखर हिड्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । यो समयमा अत्यावश्यकबाहेक हिंडडुलमा समेत रोक लगाइएको छ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रशासनले आग्रह गरेपनि केही व्यक्तिहरु मर्निङ वाकको बहानामा गरेको सुरक्षाकर्मीहरु बताउछन् । प्रशासनले जारी गरेको निषेधाज्ञालाई वेवास्ता गरी मर्निङवाकको बहानामा एक किलो तरकारी हातमा झुड्याएर सडकमा निस्कनेलाई पनि आधा घण्टा भन्दा बढी होल्डिङ एरियामा उभ्याउने गरेको हो ।
सडकमा विना काम हिँड्ने र सवारी चलाउनेलाई नियन्त्रणमा राखेर होल्डमा उभ्याएर राखिएको हो । त्यस्तै, साइकल निषेधाज्ञाको अवधिमा अत्यावशेक बाहेक साइकलको समेत प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ। प्रहरीले बिहान खुलेका केहि पसललाई पनि बन्द गराएको छ
काठमार्डौं, ललितपुरका भित्री गल्लीमा अझै पनि प्रशासनको आग्रहलाई बेवास्ता गर्दै हिड्ने पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर केही समयसम्म होल्डमा राखेको छ । उपत्यकामा दिनानुदिन कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञालाई थप कडा बनाइएको हो ।
प्रतिकृया दिनुहोस्