Wednesday, November 25

पार्किङमा राखिएको ट्याङ्कार विस्फोट, प्रहरीले थाल्यो अनुसन्धान

August 28, 2020 191

विराटनगर, १२ भदौ । नेपाल आयल निगम विराटनगरको इन्धन ढुवानी गर्ने ट्याङकार शुक्रबार साँझ ग्यारेजमै विस्फोट भएको छ ।

आयल निगमको नजिकै रहेको राम अवतार मोटरर्स ग्यारेजमा पार्किङ गरेर राखेको अवस्थामा ना ४ ख ६१६६ नम्बरको ट्याङकर विष्फोट भएको मोरङ प्रहरीले जनाएको छ ।

विष्फोट बाट मानवीय क्षति नभएको तर ट्याङकरको पछाडिको भाग पूर्णरुपले क्षति भएको छ । नजिकैको बस्ती ठूलो आवाजले थर्किएको र घरहरुमा भौतिक क्षति भएको प्रहरी जनाएको छ ।

घरका टिनका छानाहरु उक्किएको र सीसाहरु फुट्नुका साथै ट्याङकर खाली भएकाले ठूलो क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बस्तीको छेउमा मोटर ग्यारेज भएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका थिए । तर, स्थानीय निकायले चासो नदिएका कारण ग्यारेज सञ्चालन हुदै आएको स्थानीयहरुले गुनासो गरेका छन् ।

आयल निगममा पर्याप्त पार्किङको व्यवस्था नहुदाँ ट्याङकरहरु बाटोको छेउछेउमा पार्किङ गरेर राखिएको हुन्छ । ट्याङकर विष्फोट भएको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्