Saturday, November 28

भक्तपुरमा कोरोना सङ्क्रमित एक बृद्धको मृत्यु

August 28, 2020 83

भक्तपुर, १२ भदौ । निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका एक विरामीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–३ मंगलाछेका एक ८२ वर्षीय बृद्धको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । उपचारको क्रममा मृत्यु भएका उक्त बृद्धमा कोरोना सङ्क्रमण पुष्टी भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले निमोनिया भएर हिजो दिउँसो उपचारका लागि ल्याइएको उक्त बृद्धको उपचार कै क्रममा मृत्यु भएको जानकारी दिइन् ।

विरामीको हिजो नै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएको र आज आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्