Tuesday, December 1

पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु

August 25, 2020 159

बागलुङ, ९ भदौ । बागलुङमा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिकामा एक युवतीको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा घर माथिबाट पहिरो खस्दा १९ वर्षीया पुजा परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकासिंह भण्डारीले जानकारी दिनुभयो ।

घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको भण्डारीको भनाई छ ।

प्रतिकृया दिनुहोस्