Saturday, November 28

कुवेतमा पाँच महिनादेखिको कर्फ्यू आगामी साता हट्ने, नेपालमाथि प्रतिबन्ध कायमै

August 23, 2020 140

एजेन्सी, ७ भदाै । कुवेतमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भनी लगाइएकाे कर्फ्यू एक सातापछि हटाइने भएको छ । विगत पाँच महिनादेखि कुवेत सरकारले विभिन्न चरणमा लगाएको कर्फ्यू आगामी साताबाट हटाइने जनाइएको छ ।

कुवेतका सरकारी अधिकारी अधिकारीहरूका अनुसार यही अगष्ट ३० तारिख बिहान ३ बजेबाट कर्फ्यू हटाइने छ । तर नेपालसहितका विभिन्न ३१ मुलुकमाथिको उडान तथा अावतजावत प्रतिबन्ध भने कायमै रहने जनाइएकाे छ ।

काेराेना संक्रमणकाे जाेखिम हेरेर कुवेत सरकारले नेपालसहित ३१ वटा देशका नागरिकहरुलाई अर्काे व्यवस्था नभए सम्मका लागि कुवेत प्रवेश गर्न नदिने भएको हाे । प्रतिबन्ध लगाइएका देशका नागरिकले निषेध नगरिएका मुलुकमा १४ दिन बसेर आएको खण्डमा भने कुवेत प्रवेशमा अनुमति दिइने जनाइएको छ ।

प्रतिबन्ध लगाइएका ३१ देशहरूमा कोरोना नियन्त्रणको स्थितिलाई हेरेर हरेक १०/१० दिनमा प्रतिबन्ध हेरफेर गर्न सक्ने कुवेत सरकारले जनाएको छ । कुवेतमा हाल करिव ५० हजार नेपाली श्रमिक कार्यरत छन्, तीमध्ये कतिपय राेजगारी गुमाएर स्वदेश फिर्ता हुन चाहे पनि अाउन पाएका छैनन् ।

प्रतिकृया दिनुहोस्