Wednesday, December 2

ह्वात्तै बढ्यो तरकारीको भाउ

August 21, 2020 254

काठमाडौँ / उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।

बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ ।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपियाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपियाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपियाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपियाँ भएको छ ।

यस अवधिमा करेला प्रतिकेजी २२ रुपियाँबाट ३० रुपियाँ, तामा प्रतिकेजी ९० रुपियाँ थोक मूल्यबाट ११० रुपियाँ पुगेको छ । यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपियाँ थोक मूल्य बढेर ११० रुपियाँको पुगेको समितिले जनाएको छ ।

यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ । आजको गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्