Tuesday, December 1

सुनसरी अदालतको सबै सेवा सञ्चालन

August 1, 2020 50

इनरुवा, १७ साउन । लक डाउनका कारण प्रभावित बनेको सुनसरी जिल्ला अदालतको सेवा संचालनमा आएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै जारी गरिएको लक डाउनसँगै सुनसरी जिल्ला अदालतले नियमित काम कार्वाही र सेवा प्रवाहलाई सिमित गरेको थियो ।

सरकारले लक डाउन खोलेपछि सम्पूर्ण काम कार्वाही संचालनमा ल्याएको सुनसरी जिल्ला अदालतले नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूनः स्थगित गरेको थियो ।

केही दिन सेवा स्थगित गरेको सुनसरी जिल्ला अदालतले सेवा प्रवाह रोक्नु पर्ने अवस्था नदेखिएको भन्दै नियमित सेवा सुचारु गर्ने निर्णय गरेको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार जिल्ला अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

नियमित काम कार्वाही र सेवा प्रवाह थालिएको बताए पनि फिल्डमा गएर सम्पादन गरिने सेवा भने तत्काल उपलब्ध नहुने जिल्ला अदालतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्