Saturday, December 5

अमेरिकाद्वारा पुन: एक चिनियाँ कम्पनी र कर्मचारीमाथि प्रतिबन्ध

August 1, 2020 42

एजेन्सी, १७ साउन । अमेरिकाले चिनियाँ एक कम्पनी र त्यहाँ कार्यरत २ कर्मचारीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकाले एकपछि अर्को गर्दै चिनियाँ उत्पादनलाई प्रतिबन्ध गर्दै आएको अवस्थामा पुन: अर्को कदम चालेको छ । जसअन्तर्गत अमेरिकाले चिनियाँ कम्पनी सिन्जियाङ प्रोडक्सन एण्ड कन्स्ट्रक्सनका उत्पादन र त्यहाँ कार्यरत अधिकारीलाई प्रतिबन्ध लगाएको हो ।

कम्पनीका अधिकारी सुन जिनलोङ र पेङ जियारुईमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो । अब उनीहरु अमेकिा प्रवेश गर्न नपाउने साथै प्रतिबन्धित कम्पनी पनि जफत गर्ने अमेरिकी वित्त मन्त्रालयले जनाएको छ । ती कर्मचारीहरुलाई चीनको शिन्जियाङ प्रान्तमा रहेका उइगुर मुसलमान समुदायमाथि उत्पीडन गरेको र मानवअधिकार उल्लंघनका कार्यमा संलग्न भएको आरोपमा प्रतिबन्धमा परेको अमेरिकी वित्त मन्त्रालयले जनाएको छ ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्युस्टनमा रहेको चीनको वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएका थिए । त्यो भन्दाअघि जुलाइमा अमेरिकाले शिनजियाङको कम्युनिष्ट पार्टीका सचिवसहित ३ नेतालाई प्रतिबन्ध गरेको थियो ।

प्रतिकृया दिनुहोस्