Friday, November 27

नेपाल भारत सीमा समस्याः ठोस वार्ता आवश्यक रहेको चिनियाँ विदेशमन्त्री वाङको भनाइ

August 19, 2020 97

काठमाडौँ, २ भदौ । नेपालको सम्बन्ध भारतसंग टुटेपछि नेपालसंग चीन आशावादी देखिएको  छ । भारतले नेपालको भूभाग मिचेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल भारत बिचको सम्बन्ध चिसिए हो ।

पछिल्लो पटक सीमा क्षेत्रको तनावका कारण चीन र भारतबीचको सम्बन्ध पनि खराब भएको अवस्थामा नेपाल र भारतबीच पनि उस्तै सीमा विवादले थप उल्झन थपेको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले सीमा विवादको वियषमा नेपाल र भारतबिचको सम्बन्ध सुधारको ठोस वार्ता आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रबार तिब्बतको स्थलगत भ्रमण गरेपछि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन संवाद हुनुले कूटनीतिक दूरीलाई कम गर्ने उपाय वार्ता नै हो भन्ने पुष्टि भएको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री वाङ यीले भारतसंग सीमा जोडिएका विभिन्न देशसंग सीमा समस्या भएको भन्दै उच्च तहमा ठोस वार्ता आवश्यक रहेको उल्लेख गर्नुभयो

साथै, उहाँले तिब्बतको भूमिका नेपाल, भारत र चीनबीचको सीमा उल्झन टार्नमा उल्लेख्य हुने बताउनुभयो । भारतको सीमा विवाद चीनसँग मात्रै नरहेर, पाकिस्तान, बंगलादेश र नेपालसँग पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्