Tuesday, December 1

बुधबारभित्र कोरोना रोक्ने विस्तृत योजना ल्याउन सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन

August 17, 2020 182

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई कोरोना रोक्ने विस्तृत योजना तयार पार्न निर्देशन दिनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा उहाँले कोरोना अनियन्त्रित हुँदै गएको भन्दै रोकथामको लागि विषेश रणनीति तयार पार्न निर्देशन दिनुभएको हो ।

एक मन्त्रीका अनुसार सोमबारको बैठकमा अधिकांश मन्त्रीहरुले कोरोना रोकथामका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज उठेपछि सीसीएमसीलाई सो निर्देंशन दिनुभएको हो । साथै प्रधानमन्त्री ओलीले आगामी बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताउनुभएको छ ।

केही मन्त्रीले १५ दिनका लागि लकडाउन घोषणा गर्नुपर्ने सुझाव समेत दिएका एक मन्त्रीले जानकारी दिनुभयो ।

साथै, मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरू तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिश गरेको छ ।

प्रतिकृया दिनुहोस्