Wednesday, November 25

एकाएक भदौ १ गतेबाट पुन लकडाउन [ जानकारीको लागी सक्दो शेयर गरौँ ]

August 16, 2020 487

काठमाडौं, को’रोना भा’इरसको सं’क्रमण दैनिक रुपमा बढ्दै गएपछि सिन्धुपाल्चोकको जिल्ला कोभिड–१९ वि’पद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले भदौ १ गतेबाट जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ। छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्र’मण बढ्दै गएकाले सिन्धुपाल्चोकमा जो”खिमको सम्भावनालाई मध्यनजर गरी भदौ १ गतेदेखि सात दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई क’डाइका साथ पालना गराउनको लागि भदौ १ गते विहान ५ बजेदेखि ७ गते राति १२ बजेसम्म विविध गतिविधिहरू निषेध गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। उक्त अवधिभर अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँड्डुल गर्न नपाइने भनिएको छ। त्यसैगरी, आधारभूत खाद्यसामग्री, तरकारी पसल, दुध, डेरी, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसल र निर्माण सामाग्रीका पसल बाहेक अन्य पसल सञ्चालनमा रोक लगाइएको छ।

सरकारी, गैरसरकारी कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाहरू दिनको ११ बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ। होटल तथा रेष्टुरेन्ट टेकअवेका लागि मात्रै सञ्चालन गर्न पाइने, शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने, सबै प्रकारका तालिम गोष्ठी, सभा, सेमिनार सञ्चालन गर्न नपाइने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ। चाडपर्वहरु पनि पारिवारिक रूपमा मात्रै मनाउन भनिएको छ।

को’रोनाले आ’क्रान्त बनेको वीरगन्जमा पछिल्लो समय सं’क्रमितको संख्या दैनिक थपिँदै गए पनि दुई दिनमा ७० जना डिस्चार्ज भएका हुन्। वीरगन्जमा रहेका वीरगन्ज हेल्थ केयर र गण्डक अस्थायी कोभिड अस्पतालबाट शुक्रबार साँझ र शनिबार साँझ गरेर ७० जना डिस्चार्ज भएका हुन्। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालबाट शनिबार साँझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीया, वीरगन्ज कारगारका प्रमुख श्रवण पाखरेल, वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुसहित ३४ जनालाइ डिस्चार्ज गरिएको अस्पतालका सन्चालक डाक्टर अबुल हैश अन्सारीले जानकारी दिए।

शनिबार साँझ ८ देखि ६५ वर्ष उमेर समूहका ७ महिला र २७ पुरुष गरेर ३४ जना डिस्चार्ज भएको अन्सारीले बताए। ती मध्ये डायलासिस उपचार सेवा लिइरहेका दुई मिर्गौला रो’गी महिला पनि रहेको अन्सारीले जानकारी दिए। शनिबार साँझ डिस्चार्ज भएका ३४ मध्ये पर्सा घर भएका ३२ जना हुन्। धादिङ घर भएका १ प्रहरी र झापा घर भएका वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेल रहेको डाक्टर अन्सारीले बताए।

प्रतिकृया दिनुहोस्