Friday, November 27

श्रीमती महि’नावारी हुँदा श्रीमानले के गर्ने ? हरेक पुरुषले पढ्नै पर्ने

August 16, 2020 237

महि’नावारीको क्रममा महिलामा विभिन्न शा’रिरिक र मानसिक परि’वर्तन हुने गर्दछ । यो क्रममा म’हिलाले आ’फ्नो पुरुष पार्टन’रसँग सहयोग र सहा’नुभूतीको आशा गर्द’छन् र आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ ।

महि’नावारीको क्रममा के गर्ने पुरुष ?
बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महि’नावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन । महिलाले यो क्रममा किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार छैन ।पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने ।

मूडलाई बुझ्नुहोस्ः
महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मूड बुझेर आपसी सहयोग गर्नुहोस् । हट वाटर ब्याग दिनुहोस्ः महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ ।

डार्क चकलेट खुवाउनुहोस्ः
डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ ।

तरकारी र फलफूल खुवाउनुहोस्ः
केरा,मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।

मसाज गर्नुहोस्ः
महिनावारीका बेला महिलालाई कम्मर दुख्ने लगा यतका समस्या हुने गर्दछ । तपाईंले हल्का हातको मसाजले उनलाई राहत दिनेछ ।

व्यायाम गराउनुहोस्ः
हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।

धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस्ः
महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।

आराम गर्न दिनुहोस्ः
तपाईंको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम हुनेछ । चिया–कफी वा मसालेदार

खानेकुरा नदिनुहोस्ः
मसालेदार खानेकुरा र क्याफेनले महिना वारीको पीडालाई बढाउने गर्दछ ।डाक्टरलाई भेट्नुहोस्ः यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस् ।

प्रतिकृया दिनुहोस्