Wednesday, December 2

रुसले भ्या’क्सिन बनाए लगत्तै , नेपाल ले पनि खोपबारे सार्वजनिक गर्यो यस्तो खुसिको खबर

August 16, 2020 312

काठमाडौ । अमेरिका लगायत केही मुलुकमा प्रयोग हुँदै आएको औषधि नेपालमा पनि प्रयोग हुने भएको छ । औषधि व्यवस्था विभागले कोरोना संक्रमितमा अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि रेमडिसिविर नामक औषधि प्रयोगको अनुमति दिएको छ। अमेरिका लगायतका मुलुकमा ग’म्भिर प्र’कृतिका संक्रमितमा प्रयोग हुँदै आएको छ । तर विश्व स्वास्थ्य संगठनले भने यो औषधिलाई कोरोना संक्रमितमा प्रयोग गर्न अनुमति दिएको छैन ।

विभागले सो औषधिको क्लिनिकल ट्रायलका लागि इच्छुक अस्पताल तथा अनुसन्धान संस्थाहरुलाई आवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको हो। यो औषधि सामान्य होइन संक्रमित भएर ग’म्भिर अवस्थामा पुगेकाहरुमा प्रयोग गरिनेछ । कोरोनका कारण ग’म्भीर अवस्थामा रहेका बि’रामीका स्वास्थ्यमा छिटो सुधार ल्याउने सहयोग गर्ने चिकित्सकहरुको दा’वी छ । विश्वका केही मुलुकमा यो औषधि प्रयोग हुँदै आएको छ । तर यो कोभिड १९ लाई नि’को बनाउने औषधि भने होइन।नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा। प्रदीप ज्ञवालीले विभागले औषधि चलाउने विभागहरुको नाम उपलब्ध गराउने बित्तिकै यसको क्लिनिकल परीक्षण सुरु गर्न सकिने बताए।

नेपालमा प्लाज्मा थेरापी मार्फत पनि कोरोना संक्रमितको उपचार हुँदै आएको छ । परिषदले प्लाज्मा थेरापीका लागि तीन निजी र नौ सरकारी अस्पताललाई अनुमति दिएको थियो।अमेरिकाले वैशाख २० तथा दक्षिण कोरिया र भारतले जेठ २१ गते कोरोनाका ग’म्भीर बि’रामीमा रेमडिसिविर प्रयोग गर्न अनुमित दिएको थियो। रेमडिसिविर हालसम्म उपलब्ध औषधिमध्ये सबैभन्दा प्रभावकारी एन्टिभाइरल औषधि मानिएको छ । यो इबोलाको उपचार गर्न बनाइएको औषधि हो। तर विश्व स्वास्थ्य संगठनले भने कोरोना संक्रमितका लागि यो औषधि प्रयोग गर्न अनुमति दिएको छैन ।

कोरोनापछि गम्भीर अवस्थामा रहेका विराटनगरका एक चिकित्सकलाई प्लाज्मा थेरापीअघि यो औषधि दिइएको थियो। ती बिरामीका परिवारले प्लेन चार्टर गरेर भारतबाट सो औषधि नेपाल ल्याएर प्रयोग गरिएको थियो। नेपालमै जटिल प्रकारका कोरोना संक्रमितहरु देखिँदा समेत औषधि ल्याउन विभागले अनुमति नदिएको भन्दै स्वास्थ्य क्षेत्रबाट यसको आलोचना हुँदै आएको थियो।

प्रतिकृया दिनुहोस्