Saturday, November 28

अब जापान सरकारले पनि टिकटक प्रतिबन्ध गर्ने

July 31, 2020 56

एजेन्सी, १६ साउन । जापान सरकारले टिकटक प्रतिबन्ध गर्ने भएको छ । सीमा विवादपछि भारतले एक महिनाअघि नै टिकटक प्रतिबन्ध गरेको थियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिके पनि यसमा प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

जापानी प्रयोगकर्ताको माध्यमबाट डाटाहरु टिकटक मार्फत चीन सरकारको हातमा पुग्नेभन्दै प्रतिबन्ध गर्न लागिएको हो । यसबारे जापानका सत्तारुढ दलका सांसदहरुसँग त्यहाँका अर्थमन्त्री आकिरा आमारीले छलफल गरेका थिए ।

मंगलबार बसेको छलफलले आगामी सेप्टेम्बर सम्ममा सो सम्बन्धी प्रस्ताव सरकार समक्षमा पेस गरिने निर्णय भएको बताइएको छ । जापानसँगै अमेरिका र अष्ट्रेलियाले पनि टिकटक प्रतिबन्ध गर्ने सम्भावना बढेको छ । पछिल्लाे समय धेरै जनमानसमा लाेकप्रिय भएकाे भिडियो शेयर एप चिनियाँ कम्पनी हो ।

प्रतिकृया दिनुहोस्