Tuesday, December 1

संक्रमितको सम्पर्कमा आएकालाई तत्काल पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

August 15, 2020 125

काठमाडौं, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई तत्काल पीसीआर परीक्षण नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रमितको सम्पर्कमा आएको एकैदिनमा परीक्षण भएपनि नतिजा नेगेटिभ आउने भन्दै ५ दिनपछि मात्रै पीसीआर परीक्षण गराउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले संक्रमितको सम्पर्कमा आएकाले तुरुन्त पीसीआरका लागि स्वाब संकलन गर्ने गरेको भन्दै पीसीआर पोजिटभ आउन ५ देखि ७ दिन लाग्ने भन्दै त्यो अवधिसम्म जाँच नगराउन आग्रह गर्नुभयो ।

‘कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तुरुन्त रियल टाइम पीसीआरका लागि स्वाब संकलन गर्ने गरेको पाइएको छ, पीसीआर पोजिटिभ आउन पाँच÷७ दिन लाग्ने भएकाले तुरुन्त जाँच गर्दा फाल्स नेगेटिभ (टेस्ट गर्दा नेगेटिभ आउने तर दुई चार दिनमा पोजिटिभ आउन सक्ने) आउने भएकाले पाँच दिन नपुगी जाँच नगर्न र नगराउन हुन आग्रह गरिन्छ’, प्रवक्ता गौतमले भन्नुभयो ।

प्रवक्ता गौतमले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई पाँच दिनसम्म कसैको सम्पर्कमा नआइ घरमै बस्न आग्रह समेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्