Tuesday, December 1

तुलसीपुरमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि

August 15, 2020 90

दाङ, ३१ साउन । तुलसीपुरमा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।  कोरोना संक्रमितहरु २ जना ३४ र २८ वर्षीया महिला र ४६,२२,३१,३३,३५,१७,१७ वर्षीय ७ जना पुरुषहरु छन्। संक्रमितहरु सबै क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् ।

संक्रमितहरु वडा नम्बर १ का १ जना , वडा नम्बर ४ का १ जना ,वडा नम्वर ५ का २ जना ,वडा नम्बर ८ का १ जना, वडा नम्बर ९ का १ जना , वडा नम्बर १४ का १ जना रहेका छन। संक्रमित हुनेहरुमा ५ जना भारतबाट आएका र ४ जना तेस्रो मुलुकबाट आयका व्यक्तिहरु रहेको फोकल पर्सन बिमल केसीले बताएका छन् ।

उनीहरु सबैको २८गते स्वाव संकलन गरिएको थियो। उक्त दिन कन्ट्याक्ट ट्रेसिंग र समुदाय स्तरमा तथा होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाव संकलनको नतिजा भने सबैको नेगेटिभ आएको छ। १५२ जनाको स्वाव परीक्षणको नतिजामा १४३जनाको भने नेगेटिभ आएको जनाइएको छ।

दाङमा क्वारेन्टाइनमा पुरुष १६६ र महिला ४४ जना भर्ना भएका छन । आईसोलेसनमा पुरुष ५० र महिला २ जना गरी ५२ जनाको उपचार भइरहेको छ । दाङमा आज शनिबार सम्म ७ सय जना सक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस्