Wednesday, November 25

भारतमा पछिल्लो २४ घण्टामा थपिए ६५ हजार ६०९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २५ लाख नाघ्यो

August 15, 2020 116

काठमाडौं, ३१ साउन । भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना नयाँ काेराेना भाइरस काेभिड- १९ का संक्रमित थपिएका छन्। यस संगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९९० जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४९ हजार १३४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्